चिनियाँ संस्कृति तथा पर्यटन उपमन्त्री नेपाल भ्रमणमा आउँदै

काठमाडौं, २५ कात्तिक। चिनियाँ उपविदेशमन्त्री ली चुन नेपाल भ्रमणमा आउन लागेका छन् । राष्ट्रिय साँस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका संस्कृति तथा पर्यटन उपविदेशमन्त्री ली चुन ५ दिने नेपाल भ्रमणमा शुक्रबार नेपाल आउन लागेका हुन् ।
उनी नेपाल भ्रमणमा आउने निश्चित भएपनि समय भने यकिन भइ नसकेको परराष्ट्र स्रोतले जनाएको छ । यद्यपि उपमन्त्री ली आगमी मंसिर ४ गतेको प्रदेश र संघको निर्वाचनअघि नै नेपाल भ्रमणमा आउने भएको हुन् ।
नेपाल भ्रमणको क्रममा चिनियाँ काठमाडौं र भक्तपुरमा चिनियाँ लगानीमा बनेका सम्पदाहरुको अवलोकन गर्ने कार्यक्रमको तय भएको जनाइएको छ ।
आम निर्वाचन अघि चिनियाँ मन्त्रीको यो नेपाल भ्रमण हुनुलाई महत्वका साथ हेरिएको छ ।
तपाइँको प्रतिक्रिया