प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता भोली चितवन आउने

चितवन, २५ कात्तिक
शनिबार चितवनमा लोकतान्त्रिक–वाम गठबन्धनका शीर्ष नेताले चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । नेपाली कांग्रेस चितवनले दिएको जानकारी अनुसार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आउने भएका हुन्।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने छन् ।
यस्तै नेकपा (एमाले)ले पनि चितवनमा चुनावी सभा गर्दैछ । कात्तिक २८ गते गर्ने सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली चितवन आउने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ ।
तपाइँको प्रतिक्रिया