टिप्समा दिएको रकम रेष्टुरेन्टसँग फिर्ता मागेपछि…

काठमाडौं, २६ कात्तिक
रेष्टुरेन्टमा गएको बेला वेटर वेट्रेसलाई धेरथोर इनाम अर्थात् टिप्स दिनुभएकै छ होला । सेवाबाट खुसी भएर त्यसरी दिएको इनाम यदि कसैले फिर्ता माग्यो भने के होला ? अमेरिकामा यस्तै एउटा घटना भएको छ ।
द मिररमा प्रकाशित एक समाचार अनुसार अमेरिकाको पेन्सिल्भेनियामा यो घटना भएको हो । त्यहाँ अल्फ्रेडो क्याफे नामक एउटा रेष्टुरेन्ट छ । त्यसमा मेरियाना ल्याम्बर्ट नामकी एक महिला वेटर काम गर्छिन् । एकजना ग्राहकले रेष्टुरेन्टमा करीब १६ सय नेपाली रुपैयाँ बराबरको खानेकुरा खाए र बिल भुक्तान गर्ने बेलामा ती महिला वेटर मेरियानालाई ३ लाख भन्दा धेरै टिप्स दिएर गए ।
एरिक स्मिथ नामका ती ग्राहकले टिप्स्स फर जिसस नामक अभियानबाट प्रेरित भएर त्यतिधेरै टिप्स दिएका रहेछन् । मनग्गे रकम टिप्समा पाएर वेट्रेस मेरियाना पनि तिनछक परिन् ।
तर ती ग्राहकको मन ३ महिनापछि अहिले बदलिएको छ । उनले आफुले इनाममा दिएको उक्त रकम फिर्ता मागेका छन् । उनले रेष्टुरेन्टमा एक पत्र पठाएर टिप्समा दिएको रकम फिर्ता मागेका हुन् ।
उनले क्रेडिट कार्डको शुल्क सम्बन्धी बैंकको नियमको हवाला दिँदै रकम फिर्ता माग गरेका हुन् । एजेन्सीको सहयोगमा
तपाइँको प्रतिक्रिया