प्रधानमन्त्री देउवाद्धारा गैँडाकोटका स्व. सापकोटाप्रति श्रद्धान्जली व्यक्त

नवलपुर, २६ कार्तिक ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्व. तिलकप्रसाद सापकोटाले नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलनमा खेलेको भूमिका पार्टीले सधै सम्झिरहने बताउनुभएको छ । सापकोटाले नेपालको लोकतन्त्र प्राप्तिको आन्दोलनमा ठुलो भूमिका खेलेकाले पार्टीले सधै सम्झिरहने देउवाले बताउनु भयो । गैँडाकोट ८ मा शनिवार उपस्थित भई श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले समाजसेवी एवम् राजनीतिक व्यक्तित्व स्व. सापकोटाको निधनले राष्ट्र र पार्टीले एक सच्चा इमान्दार नेता गुमाएको बताउनुभयो ।
शोक सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखेरल, नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला, नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्चन लगायत पूर्व मन्त्री, पूर्व सांसद एवं नवलपुर तथा चितवनका जिल्ला तथा स्थानीय नेताहरुको उपस्थिती रहेको थियो । वि.सं. २००१ माघ १७ गते जन्मिनुभएका सापकोटाको गत कार्तिक २३ गते निधन भएको थियो ।
तपाइँको प्रतिक्रिया