उद्योगपति चौधरीकै कारण नेपाली काँग्रेसका नेता विक्रम खनालले टिकट पाएनन् – हृदयेश त्रिपाठी

नवलपरासी, ३० कार्तिक ।
पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आफ्नो निर्वाचन क्षेत्रको लडाँई मुलुकको एक धनाढ्य व्यापारी र राजनीतिककर्मीबीच भएको बताउनुभएको छ । चुनावको मिति नजिकिदै गर्दा मंगलबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने सुस्ता गाउँपालिकाका वडाहरुमा आयोजना गरिएको कोणसभा र घरदैलो कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष त्रिपाठीले पूरा देशको ध्यानकेन्द्र यसै क्षेत्रमा रहेको भन्दै धनले कि राजनीतिक कार्यकर्ताको बलिदान र त्यागको योगदानले निर्वाचन जितिन्छ भन्ने विषय गम्भिर भएको जिकिर गर्नुभयो ।
उद्योगपति चौधरी देशको एक अर्बपति व्यापारी भएपनि करतिर्ने करदाताको २९ औँ सूचिमा मात्र नाम आउने गरेको भन्दै उनले करछली गर्ने गरेको उहाँले आरोप लगाउनुभयो । यस्तै अध्यक्ष त्रिपाठीले उद्योगपति चौधरीकै कारण नेपाली काँग्रेसका नेता विक्रम खनालले टिकट नपाएको आरोप लगाउनुभयो । उहाँले व्याङ्त्यमक शैलीमा आफु विनोद चौधरीको विरोधी नभएको तर उनको प्रवृति हावीले काँङग्रेस कार्यकर्ताको भविष्य समेत समाप्त हुने दावी गर्नुभयो । अध्यक्ष त्रिपाठीले यो लडाँई आफुहरुको मात्र नभएर असुन्तुष्ट नेपाली काँग्रेसका कार्यकर्ताको पनि भएको जिकिर गर्नुभयो ।
यस निर्वाचन क्षेत्रमा जनता प्रगतिशिल पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीको चुनावी तालमेल छ भने कांग्रेसको सत्तापक्ष ५ दलिय गठबन्धन छ । अध्यक्ष त्रिपाठी र उद्योगपति चौधरीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
तपाइँको प्रतिक्रिया