रत्न राज्यलक्ष्मी माविका विद्यार्थीले गरे मतदान

गैंडाकोट ३० कात्तिक
रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीलाई मतदान शिक्षा प्रदान गरिएको छ । गैँडाकोट १० पितौजी स्थित रहेको उक्त विद्यालयले विद्यार्थीलाई निर्वाचन प्रक्रियाका विषयमा प्रयोगात्मक रुपमा शिक्षा दिने उद्धेश्यले बुधबार मतदान प्रक्रियामार्फत विद्यार्थी प्रमुख र उपप्रमुख चयन गरेको हो ।
विद्यालयका प्रध्यान्याद्यापक नवराज काफ्लेले विद्यार्थीको पाठ्यक्रममा निर्वाचन सम्वन्धी शिक्षा समावेश गरेको हुनाले प्रयोगात्मक रुपले शिक्षा दिनको लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । अध्ययन भन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिल्ने हुनाले नजिकिदै गरेको निर्वाचनलाई समेत लक्षित गरेर विद्यार्थीलाई निर्वाचन प्रक्रियामा समावेश गरिएको उहाँको भनाई थियो ।
निर्वाचन मत परिणाम अनुसार रातो सदन प्रमुखमा छात्र नवराज आले विजयी हुनुभएको छ । उप–प्रमुखतर्पm छात्रा अन्जु तामाङ्ग र निमिशा महत्तो निर्वाचित हुनुभएको छ । यस्तै पहेँलो सदनको प्रमुख तर्फ छात्रा स्मृती सापकोटा, उप–प्रमुखतर्फ छात्रा लाजिमा गुरुङ्ग, र छात्र प्रिसित पौडेल निर्वाचित हुनुभएको छ । यसैगरी हरियो सदन प्रमुख तर्फ छात्र सुजल पौडेल र उप–प्रमुख तर्फ छात्र रिजन श्रेष्ठ र सदिक्षा कंडेल यस्तै निलो सदन प्रमुख तर्फ छात्र लक्षिता सापकोटा र उप–प्रमुख तर्फ छात्र यम कुमार थापा, र छात्रा प्रज्ञा श्रेष्ठ, निर्वाचित हुनुभएको निर्वाचन सल्लाहकार नारायण प्रसाद कंडेलले जानकारी दिनुभयो ।
विद्यालयले ६ देखी १० कक्षासम्मका ४६६ जना विद्यार्थीलाई चार वटा समूहमा विभाजन गरेको थियो । बुधबार भएको निर्वाचन मार्फत सो चारवटा समूहमा १/१ जना प्रमूख र २/२ जना उपप्रमूख चयन भएका हुन् । चारवटा समुहलाई आवश्यक १२ जना प्रमुख उपप्रमुखको दावेदार गर्दै कुल ३० जना विद्यार्थीले उम्मेदवारी दर्ता गराएका थिए ।
विद्यालयको नियम अनुसार विद्यार्थी आफु जुन समूहमा रहेको छ उक्त समूहको प्रमुख र उपप्रमूख छनौटको लागि मात्र मतदान गरेका हुन् । सोहि अनुसार रातो समूहको प्रमुख उपप्रमूख छनौटको लागि १०८ जना विद्यार्थीले मतदान गरेका थिए । यसैगरी पहेलो समूहमा ११४ जना, हरियो समूहमा १०८ र निलो समूहमा १०२ जना विद्याथीले मतदान गरेका थिए ।
निर्वाचनमा सहभागी उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयंसेवकसहित आवश्यक सबै प्रक्रिया पूरा गरेर मतदान कार्य पूरा गरिएको हो । जसमा निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारीको भूमिकामा उक्त विद्यालयका शिक्षक स्वयम् खटिनुभएको थियो ।
तपाइँको प्रतिक्रिया