हुप्सेकोट गाउँपालिकाका पहिरो प्रभावित अस्थायी टहरामा बस्दै – उम्मेद्वार आश्वासन बाड्दै

नवलपुर, १ मसिंर।
नवलपुरको हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका १८ घरपरिवार पहिरो प्रभावित अस्थायी टहरामा बस्दै आएका छन् । गत बर्खामा हुप्सेकोट–५ वाकखोरमा पहिरोले बिस्थापित भएका उनिहरुलाई चुनाबी चहलपहल भन्दा पनि टहरामा कसरी जाडो कटाउने भन्ने चिन्ता छ ।५५ वर्षका खगिसरा रानाको परिवार, पहिरोले बिस्थापित भएर शिवालय सामुदायिक वन नजिकैको अस्थायी टहरामा बस्न थालेको १५ महिना भन्दा बढि भयो ।
जसोतसो बर्खा बिताए पनि हिउँदको जाडो कसरी छल्ने चिन्ताको विषय छ ।गत असारमा वाकखोरमा पहिरोमा घर परेपछि १८ परिवार बिस्थापित भए । खेमबहादुर सोमैलाई वाकखोरमा जग्गा भएपनि पहिरोको डरले फेरि फर्कन मन छैन । उहाँ स्थायी बसोबासको प्रबन्ध राज्यले मिलाईदिनु पर्ने बताउनुभयो । जुकेपानीका पहिरो प्रभावितको अस्थायी टहरामै पुगेर उमेद्वारहरुले भोट मागे । तर समस्या समाधान हुनेमा स्थानीय विश्वस्त छैनन् ।
पहिरोका कारण लालपुर्जा भएको जग्गा नै छोडेर गाउँपालिकाले बनाईदिएको अस्थायी टहरामा बस्नुपर्ने बाध्यता छ । खेतिकिसानी गर्ने उनिहरुलाई टहराको बसाईमा जीवन धान्न सजिलो नभएको २६ वर्षका तिलबहादुर सोमैले बताउनुभयो ।रोजागारीका लागि राज्यले पहल नगरेको गुनासो गर्ने हुप्सेकोटका पहिरो प्रभावित उमेद्वारले समेत पत्यार लाग्दो एजेन्डा नल्याएको बताउँछन् । मत माग्न पुगेका नेताहरु आश्वास दिएर फर्किए पनि स्थानीय मतदातालाई आश्वासन पूरा हुनेमा खासै विश्वास छैन ।
तपाइँको प्रतिक्रिया