आफु अर्गानिक स्वतन्त्र भएको गैँडाकोटका जिसीको दावी, ठुला पार्टीले अफवाह फैलाएको आरोप

गैँडाकोट, १ मंसिर ।
नवलपुर क्षेत्र नं १ बाट प्रतिनिधी सभा सदस्यका लागि स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएका चित्रध्वज जिसीले आफ्नो उम्मेद्वारी प्रति प्रमुख ठुला दलले अफवाह फैलाएको आरोप लगाउनु भएको छ । गैँडाकोट रिसोर्टमा बिहिबार पत्रकार सम्मेलन गर्दै जिसीले आफु अर्गानिक स्वतन्त्र उम्मेद्वार रहेको र एक्लै चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने बताउनु भयो ।
जिसीले आफ्नो जित सुनिश्चित भएको देखेर ठुला दलहरु आत्तिएर अफबाह फैलाएको बताउनु भयो । उहाँले भष्ट्रचारको अन्त्य हुनुपर्ने र अबको राजनितीमा पुस्ता हस्तान्त्रण हुनु पर्ने आफ्नो प्रमुख उदेश्य रहेको स्पष्ट पार्नुभयो ।
तपाइँको प्रतिक्रिया