नवलपुरमा शान्ति सुरक्षा थप मजबुत

पबित्रा पराजुली, नवलपुर ०३,मंसिर।
नवलपुरमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । जिल्लाका सवै मतदान केन्द्रमा निर्वाचनको सम्पुर्ण तयारी पुरा भैसकेको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । निर्वाचनको जिल्लामा शान्ति सुरक्षा थप मजबुत बनाइएको छ । स्थानीय निर्वाचनमा भएको धादलीलाई ध्यानमा राखेर सुरक्षा व्यवस्थामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी सन्तोष पाठक जनाएको छ । निर्वाचनलाई स्व्च्छ , निश्पक्ष, भयरहित वातावरणमा शान्तिपुर्ण ढङ्गले सम्पन्न गर्नका लागी शान्तिसुरक्षा थप मजबुत बनाइएको बताइएको छ ।
निर्वाचनमा सम्पूर्ण शान्ति सुरक्षा व्यवस्था कडा पारिएको हुँदा स्वच्छ निश्पक्ष, भयरहित वातावरणमा शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । जिल्लाका सवै मतदान केन्द्रिय सुरक्षा बमोजिम निर्वाचनलाई शान्तिपुर्ण ढङ्गले सम्पन्न गर्ने गरी प्रयाप्त मात्रामा सुरक्षाकर्मी खटाएको पनि उहाँले बताउनुभयो । नवलपुरमा २ लाख ६० हजार ४ सय ६१ जना मतदाता छन त्यसमध्ये स्थानिय तह निर्वाचन पश्चात ८ हजार ८ सय ३५ जना नयाँ दर्ता भएका मतदाता छन ।
तपाइँको प्रतिक्रिया