सुरक्षा व्यवस्था कडा छ, ढुक्कसँग मतदान गर्नुहोस्- निर्वाचन आयोग

काठमाण्डौँ, ३ मंसिर ।
सरकारले मंसिर ४ गते आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको बताएको छ । गृह मन्त्रालयको सचिव विनोदप्रकाश सिंहले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र म्यादी प्रहरी निर्वाचन सुरक्षाको लागि तैनाथ रहेको बताउनु भयो ।
सिंहले सरकारले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहीत र विश्वसनीय बनाउन सबै सुरक्षा व्यवस्था चुस्त पारिएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गनुभयो । आइतबार (भोलि) देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।
तपाइँको प्रतिक्रिया