पूर्व सहमतिबिना मतदान स्थगन नगर्नू : निर्वाचन आयोग

काठमाडौं, ४ मंसिर
सामान्य विवादका कारण केही समय मतदान स्थगनको कुनै पनि सूचना टाँस नगर्न मतदान अधिकृतहरूलाई निर्वाचन आयोगले निर्देशन दिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य सुचारू गर्ने र साँझ ५ बजेसम्म मतदान स्थगनको कुन पनि सूचना टाँस नगर्नको लागि सबै मतदान अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएका हुन्।
तपाइँको प्रतिक्रिया