नवलपुरको देवचुली मतदान केन्द्रको मतपेटिकामा आगजनी

गैँडाकोट, ४ मंसिर ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ झाँक्रेको एक मतदान केन्द्रमा रहेको मतपेटिकामा स्थानिय एक व्यक्तिले आगजनी गरेका छन् । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेश सभा तर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो । आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ ।
उनले मतपेटिकामा बडीलोसन दलेर मत खसालेको प्रहरीले जनाएको छ । आगजनी गरेपछि भण्डारी भागेका थिए । उनलाई २ किलोमिटर टाढा पुगेर प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया