मतगणना चलिरहेका बेला ‘महापुरुष’ हेर्न पत्नीसहित फिल्म हल पुगे गगन थापा

५ मंसिर ।
मतगणना चलिरहेका बेला नेपाली कांग्रेसका युवा नेता गगन थापा ‘महापुरुष’ हेर्न पत्नीसहित फिल्म हल पुगेका छन् ।मतगणना चलिरहेको बेला काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले नेपाली फिल्म हेर्न हल पुगेका हुन् । सोमबार उनी श्रीमतीसहित हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ हेर्न सिनेमा हल पुगेका हुन् ।
सिनेमा हलबाट श्रीमतीसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए । थापाले लेखेका छन्, ‘धैरै दिनको दौडधुपपछि आजको फुर्सद । जारी मतगणनामा थापा नेकपा एमालेका राजन भट्टराई भन्दा ५ सय बढि मतले अग्रस्थानमा छन् ।
तपाइँको प्रतिक्रिया