काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं, ६ मंसिर
काठमाडौंको क्षेत्र नम्बर ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गर्दै एमालेका श्रेष्ठले विजयी हाँसिल गरेका हुन् ।
श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी भएका हुन् । पराजित टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका छन् ।
तपाइँको प्रतिक्रिया