नवलपरासी २ मा राप्रपाका प्रधानलाई दोब्बर मतको अग्रता

नवलपुर, ६ मंसिर ।
पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान ६८९६ मत सहित अगाडि रहनु भएको छ । प्रधान प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडि रहनु भएको हो । यस क्षेत्रमा यसअघि नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले जित्दै आएको क्षेत्र हो ।
नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले २८६४ मत, एमालेका दीपेन्द्र अधिकारीले १५२२ मत पाएका छन् । प्रदेशसभा १ मा पनि राप्रपाका उम्मेदवारले ४५८७ मतसहित अग्रता लिएका छन् ।
तपाइँको प्रतिक्रिया