झापा ५ मा एमाले अध्यक्ष ओली झण्डै ८ हजार मतले अगाडि

काठमाडौं, ६ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ मा झण्डै ८ हजार मतले अग्र स्थानमा रहनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८ हजार ६ सय ७१ मतप्राप्त गर्नु भएको छ । यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९ सय १२ मत प्राप्त गर्नुभएको छ । १ लाख २ हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार ८०३ मतगणना भइसकेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया