किसान सहकारीका प्रमुख कार्यकारी अधिकृत पौडेलको मृत्यु

गैँडाकोट, ८ मंसिर
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेश शर्मा पौडेलको निधन भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ८ निवासी ४३ वर्षीय पौडेलको नारायणी नदीमा डुबेर मृत्यु भएको हो ।
ईलाका प्रहरि कार्यालय गैंडाकोटका प्रहरि निरीक्षक प्रशान्त श्रेष्ठका अनुसार नुहाउने क्रममा नदिमा चिप्लिएका पौडेललाइ स्थानियले देखी उद्वार गरी उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यू भएको हो ।
तपाइँको प्रतिक्रिया