गुल्मी १ मा प्रदीप ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका चन्द्र भण्डारी विजयी

गुल्मी, ९ मंसिर
गुल्मी-१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता चन्द्रकान्त भण्डारी विजयी भएका छन्। उनी एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै विजयी भएका हुन्।
भण्डारीले ३२ हजार २२७ मत ल्याए भने ज्ञवालीले ३० हजार ९३५ मत पाएका छन्। यसअघि २०७४ को निर्वाचनमा गुल्मी-१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतान्तरले पराजित भएका थिए।
तपाइँको प्रतिक्रिया