रुपन्देही– १ मा एमालेका छविलाल विश्वकर्मा विजयी

रुपन्देही, १० मंसिर ।
रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी हुनुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाललाई ३ हजार ५ सय ६४ मतले पछि पार्नुभएको छ ।
छविलालले २४ हजार ८७२ मत ल्याउनुभएको छ । सत्ता गठबन्धनको समर्थनमा उठेका भुसालले २१ हजार ३०८ मत ल्याउनुभएको छ । विश्वकर्मा यसअघि पनि प्रतिनिधिसभामा जितेर मन्त्री बन्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया