देउवा र प्रचण्डबीच गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल

काठमाडौं, १० मंसिर ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच यही गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको छ ।
शनिबार भएको भेटमा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनु भयो । गठबन्धनका दलहरुको बैठक छिट्टै बोलाउने निर्णय पनि भएको परियारले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया