राष्ट्रिय प्रजातन्त्र पार्टीका बोहोरा, जसले नवोली चुनाव जिते

काठमाण्डौँ, १० मंसिर ।
सामान्यतया निर्वाचनमा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत माग्ने गर्दछन् । तर आम निर्वाचन २०७९ मा एक जना यस्ता उम्मेदवार हुनुहुन्छ, जो बोल्दै नबोली विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपाका दीपक बोहरा चुनाव प्रचार प्रसारभर ‘भ्वाइस रेस्ट’ मा हुनुन्थ्यो । उहाँ अहिले पनि बोल्नुहुँदैन् । उहाँले मतदातासँग भलाकुसरी नै नगरी, दोहोरो संवाद नै नगरी, कुनै पनि चुनावीसभालाई सम्बोधन नै नगरी वहालवाला गृहमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पराजित गर्नुभएको हो ।
रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव लड्नु भएका नेता दीपक बोहोराले गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्नु भएको हो । बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाउनु भएको थियो ।
तपाइँको प्रतिक्रिया