समानुपातिकमा एमालेले कटायो २१ लाख भन्दा बढी मत

नवलपुर, १० मंसिर ।
प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणालीमा नेकमा एमालेले २१ लाखभन्दा धेरै मत प्राप्त गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार एमालेले २१ लाख २ हजार ३ सय ३४ मत प्राप्त गरेको हो । दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख २४ हजार ७ सय २५ मत प्राप्त गरेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले ८ लाख ९५ हजार ३ सय ६३, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ६१ हजार ७ सय ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ५९ हजार ९ सय २९ र जनता समाजवादी पार्टीले २ लाख ४९ हजार ५ सय ९४ मत प्राप्त गरेका छन् ।
तपाइँको प्रतिक्रिया