उत्तर कोरियालाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो बनाउने नेता किमको घोषणा

एजेन्सी, ११ मंसिर ।
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो लक्ष्य देशलाई आणविक शक्तिमा विश्वको सबै भन्दा बलियो देश बनाउने घोषणा गर्नुभएको छ । उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएका अनुसार ह्वासङ सेभेन्टिन क्षेप्यास्त्रको सफल प्रक्षेपणमा सैनिक अधिकारीहरुको बढुवा गर्ने आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै नेता किमले यस्तो घोषणा गर्नुभएको हो । उत्तर कोरियाली जनताको गरिमा र देशको सार्वभौमिकता रक्षाका लागि आणविक हतियार विकास गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले विश्वकै सबै भन्दा शक्तिशाली हतियार विकास गरी देशलाई शताब्दीकै अभूतपूर्व शक्तिशाली देश बनाउने लक्ष्य रहेको बताउनुभयो । अमेरिकासम्म मार हान्न सक्ने ह्वासङ सेभेन्टिन विश्वकै शक्तिशाली रणनीतिक हतियार भएको दावी समेत उहाँले गर्नुभएको छ । किमले यसले उत्तर कोरिया विश्वकै शक्तिशाली सेना हो भन्ने पुष्टि गरेको दावी केसीएनएले जनाएको छ ।
नेता किमले आफ्नी छोरीका साथमा सैनिक अधिकारी वैज्ञानिक तथा इन्जिनियरहरूसँग फोटो सेसन समेत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया