हार निश्चित भएपछि सञ्चारमन्त्री कार्कीले मतगणना अवरुद्ध पारेको आरोप

सुनसरी, ११ मंसिर ।
सुनसरी ४ मा शनिबार साँझबाट स्थागित भएको मतगणना सुचारू हुन सकेको छैन । सत्ता गठबन्धनका प्रतिनिधिहरूले पुनः मतगणना गर्नुपर्ने माग राखेपछि आइतबार बसेको बैठक पनि विनानिष्कष टुंगिएकोे छ । धाँधली भएको भन्दै गणनाको उत्तरार्द्धमा कांग्रेस उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणनाको माग गरेपछि यहाँ विवाद भएको थियो । एमाले उम्मेदवार जगदिशप्रसाद कुशियैतसँग कार्कीको तीब्र प्रतिस्पर्धा छ ।
आयोगका अनुसार पछिल्लो परिणाम अनुसार मन्त्री कार्की ९८ मतले मात्र अगाडि हुनुहुन्छ । कार्कीको २३ हजार ४३९ मत छ भने कुशियैतको २३ हजार ३४१ छ । गणनामा खटिएका कर्मचारीले घोषणाको क्रममा परिणामभन्दा एमालेको ६०६ मत बढी सुनाएपछि एमालेसँग मिलेमतोमा कर्मचारीले धाँधली गरेको कांग्रेसको आरोप छ ।
सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभाका नेकपा (एमाले) का उम्मेदवार जगदिशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाउनुभएको छ ।
तपाइँको प्रतिक्रिया