नवलपुरमा लागुऔषध प्रयोगकर्ताहरु बढ्दै

नवलपुर ११ मसिंर ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख भुवनेश्वर तिवारीले जिल्लामा लागुऔषध प्रयोगकर्ताहरु बढ्दै गएको बताउनुभयो । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु ६ मा नवजिवन पूर्नस्थापना केन्द्रका दोस्रो बार्षिकउत्सबमा बोल्दै उँहाले सो कुरा बताउनुभएको हो । लागुऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणमा नवलपुर प्रहरी आक्रामक शैलीमा लागिपरेको छ । सामाजिक समस्याको रुपमा रहेको लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता बढाए पनि प्रयोगकर्ताको संख्यामा भने कमी आउन नसकेको उँहाले बताउनुभयो ।
जिल्लामा प्रहरीले विभीन्न कार्यक्रमहरु गर्दै आएको बताउदै नियन्त्रणका लागी अभिभावकले विशेष ख्याल गर्नुपर्ने बताउनुभयो । पूर्नस्थापना केन्द्रले गरेको कार्यको उँहाले प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा केन्द्रका अध्यक्ष केशव खत्रीले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो केन्द्रमा २६ जना उपाचारत रहेको उँहाले बताउनुभयो । २० जना मध्यविन्दु नगरपालिका र ५ जना अन्य पालिकाको रहेको जानकारी दिनुभयो । केन्द्रका अध्यक्ष केशव खत्रीको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन सल्लाहाकार किरन भुर्तेलले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया