महानगरले डोजर चलाएपछि सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौं, १२ मंसिर ।
थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा काठमाडौँ महानगरले डोजर चलाएको छ । डोजर चलाउन सुरु गरेलगतै बस्ती तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउने क्रममा काठमाडौं महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेका छन् । विकल्पबिना वस्ती हटाउन लागेको भन्दै सुकुम्वासी वस्तीका स्थानीयले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।
एकीकृत बागमती सभ्यता विकास समितिले यही मंसिर ४ गते सम्म बागमती किनारमा रहेका सुकुम्वासी बस्तीका अनधिकृत घर टहरा भत्काउँन समयसीमा दिएको थियो । निर्वाचन सकिए लगत्तै महानगरको टोली अनधिकृत संरचना भत्काउँन बस्तीमा पुगेको हो ।
तपाइँको प्रतिक्रिया