६० प्रतिशत घट्यो घर–जग्गा कारोबार

काठमाण्डौँ, १३ मंसिर ।
पछिल्लो समय घरजग्गा कारोबार ओरालो लाग्दै गएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार २०७८÷०७९ कात्तिकमा भएको कारोबार संख्याको तुलनामा चालु आर्थिक वर्ष २०७९÷८० को यही महिनामा घरजग्गा कारोबार ६० प्रतिशतले घटेको हो।
गत वर्ष कात्तिकमा काठमाडौं उपत्यकामा तीन हजार आठ सय ३९ संख्यामा घरजग्गा कारोबार भएको थियो। यो वर्षको कात्तिकमा घरजग्गा कारोबार संख्या एक हजार पाँच सय ४७ मात्र छ।
तपाइँको प्रतिक्रिया