स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने

१४ मंसिर, काठमाडौं ।
स्याङ्जा २ मा बुधबार मतगणना हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि राति ९ बजेदेखि मतगणना सुरु हुने भएको छ । आयोगको निर्देशन पछि सर्वदलीय बैठकबसेर मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान माग गरेको थियो ।
नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार रहेका छन् ।
तपाइँको प्रतिक्रिया