भरतपुर महानगरले यसरी बढाउँदैछ रामनगर खानेपानी आयोजना

भरतपुर, १४ मंसिर ।
भरतपुरको रामनगरवासीहरुले अब शुद्ध खानेपानी पिउन पाउने भएका छन् । भरतपुर महानगरपालिकाले रामनगरमा वृहत खानेपानी आयोजना अघि बढाएपछि स्थानियले शुद्ध खानेपानी पिउन पाउने आशा गरेका हुन् । खानेपानीको समस्या विकराल बन्दै गएपछि महानगरले ठूलो परियोजना मार्फत यस क्षेत्रमा खानेपानी लैजान थालेको हो । एशियाली विकास बैंकको सहयोगमा नेपाल सरकारले खानेपानी मन्त्रालय अन्तरगत एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत देशका ५ मुख्य शहरहरुमा खानेपानी वितरण तथा ढल व्यवस्थापनको काम अगाडि बढाएको छ ।
यस परियोजनामा भरतपुर महानगरपालिका समेत समेटिएको छ । यस आयोजना अन्तरगत हाल भारतीय कन्सटेन्टमार्फत डीपीआरको काम भइरहेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन् । यस योजना मार्फत भरतपुरमा ३ अर्ब बराबरको खानेपनी व्यवस्थापनको काम हुने महानगर प्रमुख दाहालले बताइन् ।
तपाइँको प्रतिक्रिया