सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरी, १५ मंसिर
सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी भएका छन्।
बाकसभित्रका मतलाई तीन दिनसम्म अनिर्णयको घेरामा राखिए पछि अन्तत: सकसपूर्ण जित निकाल्दै नेपाली कांग्रेसका कार्की झिनो मतले विजयी भए । मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई हराउँदै विजयी भएका हुन्।
कार्कीले ३० हजार ४८३ मत ल्याएका छन् भने कुसियैतले ३० हजार ३७१ मत ल्याएका छन्।
तपाइँको प्रतिक्रिया