विश्व एड्स दिवसको अवसरमा जनता मावीका विद्यार्थीद्वारा नाटक प्रदर्शन

गैंडाकोट, १५ मंसिर
नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैँडाकोटमा जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले नाटक प्रदर्शन गरेका छन् । विश्व एड्स दिवसको अवसर पारेर गैंडाकोट १२ हर्कपुर स्थित उक्त विद्यालयका विद्यार्थीहरुले विहीबार नाटक प्रदर्शन गरेका हुन् ।
विद्यालयका अतिरिक्त क्रियाकलाप सञ्चालक समितिका अध्यक्ष एवं शिक्षक यज्ञप्रसाद सुवेदीका अनुसार एचआइभि एड्सका वारेका सचेतना जगाउने उद्धेश्यले विद्यार्थीहरुद्वारा नाटक प्रदर्शन गराइएको हो । कक्षा ८ देखी १२ सम्मका ११ जना विद्यार्थीले नाटकमा अभिनय गरेका थिए । विद्यालयकी नर्स रचना बरालले परिकल्पना तथा निर्देशन गर्नुभएको सो नाटकमा एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि जनचेतना फैलाउने किसीमले ध्यानाकर्षण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रध्यान्याध्यापक पदम बहादुर खड्काले एचआइभी एड्सको न्यूनिकरणका लागि सबै सचेत हुनुपर्ने बताउनुभएको थियो । उहाँले संक्रमितहरुको हेरचार, उपचारमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा विद्यालयका सहायक प्रध्यान्याध्यापक नेत्रप्रसाद आचार्यले कार्यक्रमको बारेका जानकारी गर्नुभएको थियो । कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष एवं भवन निर्माण समितीका अध्यक्ष हरिभक्त न्यौपानेको प्रमुख आथित्यता रहेको थियो । नाटक प्रदर्शनमा सहभागी सम्पुर्ण विद्यार्थीहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
तपाइँको प्रतिक्रिया