धुसेरी सामुदायिक वन उपभोक्ता समूहको ३२ औं साधाणसभा सम्पन्न

देवचुली, १६ मंसिर
धुसेरी सामुदायिक वन उपभोक्ता समूहको ३२ औं साधाणसभा सम्पन्न भएको छ । देवचुली नगरपालिका १६ स्थित वनको आफ्नै भवनमा शुक्रबार साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको देवचुली नगरपालिकाका नगर प्रमुख हरीप्रसाद न्यौपानेले उद्घाटन गर्नु भएका थियो । कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका प्रमुख न्यौपानेले यो सामुदायिक वनले धेरै सम्भावना बोकेको बताउनुभयो । उहाँले वनले कुनैपनि अवसर गुमाउन नहुँने बताउँदै नगरको तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा धुसेरी सामुदायिक वनका कार्यवाहक अध्यक्ष रत्न प्रसाद सापकोटाले राष्ट्रको दोस्रो सामुदायिक वनको नाममा चिनिने यस वनको गरिमा जोगाउन सबैको लगानी रहेको बताउनुभयो । उहाँले अध्यक्षको राजिनामा पछि आफुले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएपश्चात अपुर्ण कार्यहरुलाई पुर्ण बनाउन लागिपरेको बताउँदै मयुर कुना पोखरीको काम भएको जानकारी दिनुभयो ।
कार्यलय सचिव चिन्तामणी चापाँगाईले सहजिकरण गर्नुभएको कार्यक्रममा सदस्य रनकान्ति सापकोटाले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया