अपाङ्गता भएका व्यक्तिहरुमाथि समाजमा विभेद कायमै

गैँडाकोट, १६ मंसिर
अपाङ्गता भएका व्यक्तिहरुमाथि समाजमा अहिले पनि विभेद कायमै रहेको सरोकारवालाहरुले औल्याएका छन । अपाङ्गता भएका व्यक्तिहरु पनि समाजका अन्य व्यक्ति सरह नभएको भन्दै उनीहरुले सबैमा समान अवसर हुनुपर्नेमा जोड दिएका हुन् । गैँडाकोट नगरपालिकाले ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको पुर्व सन्ध्यामा शुक्रबार नगरकार्यपालिका सदस्यहरु र सरोकारवालाहरुविच आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले अपाङगता भएका व्यक्तीहरुका हकअधिकार कानुनमा मात्र सिमित भएको गुनासो धेरै भएको बताउँभयो । उहाँले अपांंगता भएका व्यक्तिहरुलाई सांस्कृतिक जीवनमा सहभागी हुँने अधिकार, सामाजिक सुरक्षाको अधिकार, न्याय पहुँचको अधिकार, आवतजावतको अधिकार, सुचना सेवाको अधिकारबाट अहिलेपनि बन्चित गरीँदै आएको बताउँदै यसको लागी सबै सचेत हुन जरुरी रहेको औल्याउनुभएको थियो । उहाँले अपाङगता भएका व्यक्तिहरुको पहिचान कसरी गर्ने र कानुनमा उनीहरुको हक अधिकार केके छन भन्ने विषयमा पुर्नः ताजगी गराउनुभएको थियो ।
अभिमुखिकरण कार्यक्रममा गैँडाकोट नगरपालिकाका आर्थिक विकास शाखाका शाखा प्रमुख देवेन्द्र गौतमले अपाङ्गता परिचयपत्र वितरणमा समस्या देखा पर्ने गरेको उल्लेख गर्नुभएको थियो । विधानमा उल्लेख भएअनुसार परिचयपत्र वितरण गर्नुपरे पनी समाजमा धेरै व्यक्तीहरु यसमा सन्तुष्ट नभएको उहाँको भनाई थियो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ती कोइरालाले अपाङगता भएकाहरुलाई दयाको दृष्टीले नभई ऐनको हिसावले अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले कार्यविधि भन्दा बाहिर नगइ अपाङ्गता भएकाहरुको सेवा सुविधालाई अगाडी बढाउनुपर्ने बताउँदै यस कार्यमा सरोकारवालाहरुलाई कानुनको स्मरण गराउनका लागि यो कार्यक्रम आयोजना गरेको बताउनुभयो । यसले अपाङगता परिचयपत्र बनाउदा सहयोग पुग्ने उहाँको भनाई छ ।
गैँडाकोट नगरपालिकाले गत श्रावण १ गते उपप्रमुख कोइरालाको संयोजकत्वमा ११ सदस्यीय स्थानिय अपाङ्गता परिचयपत्र समन्वय समिती गठन गरेको थियो । सोही समितीको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
गैँडाकोट नगरपालिकामा जम्मा ६ सय ९१ जनाले अपाङगता परिचयपत्र पाएका छन् । त्यसमध्ये ११८ जनाको रातो कार्ड , ३२२ जनाको निलो कार्ड, १२२ जनाको पहेको कार्ड, ९९ जनाको सेतो कार्ड प्राप्त गरेका छन् ।
तपाइँको प्रतिक्रिया