पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

काठमाडौं, १७ मंसिर
बलियो टोली पोर्चुगललाई हराउँदै दक्षिण कोरिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘एच’ अन्तर्गत एजुकेशन सिटी स्डेडियममा शुक्रबार राति भएको खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २(१ गोलले हरायो । यसअघिनै नकआउट चरणमा स्थान बनाएको पोर्चुगल हारेपनि समूह विजेता बन्यो ।
पोर्चुगललाई हराएको दक्षिण कोरियाले उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनायो । यस समूहको अर्को खेलमा उरुग्वेले घानालाई २(० गोलले हराएपनि दक्षिण कोरियासँग गोल अन्तरका आधारमा पछि पर्दै बाहिरियो ।
प्रतिस्पर्धात्मक खेलमा दक्षिण कोरियाले पूनरागमन जित निकालेको हो । दक्षिण कोरियाको जितमा किम योङ जीओन र ह्वाङ हि चानले गोल गर्नुभयो ।
पोर्चुगलका रिकार्डो होर्टाले गोल गर्नुभयो । खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएको थियो । पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाउनुभयो ।
तपाइँको प्रतिक्रिया