बालेन साहलाई घेराबन्दीमा पार्ने काम भयो, त्यो निन्दनीय छ : हर्क साम्पाङ

धरान, १७ मंसिर ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई घेराबन्दीमा पार्ने काम भएको बताएका छन् । उनले शनिबार फेसबुकमा स्टाटस लेख्दै मेयर शाहलाई घेरा बन्दीमा पारिएको भन्दै त्यो निन्दनीय भएको बताएका हुन् । उनले अव स्वतन्त्रहरु एक बन्ने
बेला आएको पनि बताएका छन् । मेयर साम्पाङले यो बेला अरुले साथ नदीएपनि आफूले भने साथ दिने बताएका छन् ।
हर्कले फेसबुकमा लेखेका छन्–कथाले माग्यो अब । स्वतन्त्रहरु एक बन्ने बेला आएको छ । स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ । त्यो निन्दनीय छ । यो बेला अरुले साथ देऊन, नदेऊन तर मेरो साथ रहनेछ ।
तपाइँको प्रतिक्रिया