स्याङ्जा–२ मा पद्मा अर्याललाई पराजित गर्दै धनराज गुरुङ विजयी

स्याङ्जा, १८ मंसिर
स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् ।
गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गरेर विजयी बनेका हुन् । एमालेकी अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरेकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार १ सय १३ मत ल्याएका छन् ।
तपाइँको प्रतिक्रिया