सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौं, १८ मंसिर । नेपाली बजारमा आइतबार सुनको मूल्य ४ सय रपैयाँले बढेको छ । यस्तै चाँदीको मुल्य २५ रुपैैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।
शुक्रबारका दिन नेपाली बजारमा सुनको मूल्य १ हजार रपैयाँले बढेको थियो भने चाँदीको मुल्य १५ रुपैैयाँले बढेको थियो ।
तपाइँको प्रतिक्रिया