अव्यवस्थित तार हटाउन नटेर्ने सेवा प्रदायकको तार प्राधिकारणले आफैँ काटिदिने

काठमाण्डौ, १८ मंसिर ।
नेपाल विद्युत् प्राधिकरणले बिजुलीका खम्बामा राखिएका अव्यवस्थित तार र सामग्रीलाई व्यवस्थित गर्न पुनः ताकेता गरेको छ ।गएको कात्तिक १५ गते प्राधिकरणले सूचना निकालेर ४५ दिनभित्र तार व्यवस्थापन गर्न दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।
सहरको सुन्दरता बिग्रिएको र दुर्घटना बढेको भन्दै प्राधिकरणले बिजुलीका खम्बा प्रयोग गरि अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका अनावश्यक तारका गुजुल्टा तथा जथाभाबी झुन्ड्याइएका उपकरणहरू हटाउन भनेको हो ।
तपाइँको प्रतिक्रिया