कावासोति नगरलाई बाल मैत्री निर्माणका लागि अभिमुखिकरण जारी ।

कावासोति नगरलाई बालमैत्री घोषणा गर्नको लागि वार्ड वार्डमा बाल अधिकार, बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण जारी रहेको छ । यसै सन्दर्भमा आज कावासोती नगरपालिका वार्ड नं २ र ५ का वडास्तरिय बालक्लबका पदाधिकारीहरु र बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासन सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
कावासोतिमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम र कावासोति नगरपालिका सामाजिक बिकास शाखा र वार्ड कार्यलयको समन्वयमा कार्यक्रमहरु वार्ड वार्डमा जारी रहेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताउनु भयो । पहिलो चरणमा वार्ड भित्रका बाल क्लबका पदाधिकारीहरुलाई अभिमुखिकरण दिने र पछी वार्ड भित्रका सरोकारवालाहरुलाई दिने गरिको योजना रहेको शर्माले बताउनु भयो ।
कावासोति नगरले यो आर्थिक बर्षमा कम्तिमा पनि २ वार्डलाई बालमैत्री घोषणा गर्ने गरि वार्ड लक्षित कामहरु समेत गरिराखेको छ ।
आजको कार्यक्रममा कावासोती नगरपालिका २ का वडास्तरिय बालक्लव संजालका अध्यक्ष सजल भट्टराईको अध्यक्षता, प्रमुख अतिथीमा कावासोती नगरपालिका २ का वार्ड अध्यक्ष शिव पाण्डे , कार्यपालिका सदस्य र अन्य जनप्रतिनिधिहरु र टोल सुधार समितिका पदाधिकारीहरु र वार्ड भित्रका बाल क्लब सन्जाल र अन्य बालबालिकाहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै कावासोति नगर पालिका वार्ड नम्बर ५ का वार्ड स्तरीय बाल क्लब संजालका अध्यक्ष मुस्कान पौडेलको अध्यक्षता , प्रमुख अतिथिमा वार्ड अध्यक्ष निरज कुमार पुन, कार्यपालिका सदस्यहरु र अन्य जनप्रतिनिधिहरु र वार्ड भित्रका बाल क्लबका सदस्यहरु र अन्य बालबालिकाहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले नयाँ जनप्रतिनिधिहरु र वडास्तरिय बालक्लवका पदाधिकारीहरुलाई कावासोती नगरपालिकामा संचालन भईरहेको किशोरी सशक्तीकरण कार्यक्रमको बारेमा र कार्यक्रमको उदेश्य बारे जानकारी दिँदै कार्यक्रमको संचालन गर्नु भएको थियो ।
कार्यक्रममा अभियन्ता रेजिना घर्ती मगर र दिपक शर्माले सहजीकरण गर्नु भएको थियो ।उहाँहरुले बाल अधिकार, बालमैत्री स्थानीय शासन, बाल क्लबको महत्व र वार्डलाई बाल मैत्री निर्माणमा बाल क्लबको भुमिकाको बारेमा सहजीकरण गर्नु भएको थियो ।नेपाल सरकारले कुनै पनि स्थानीय तह बालमैत्री निर्माणका लागी ५१ सुचक पुरा गर्नु पर्ने कार्यबिधि तयार गरि कामहरु गरिराखेको छ ।
कार्यक्रमको उदघाट्न समारोहमा बोल्ने अध्यक्षज्युहरुले वार्ड वार्डलाई हरेक हिसाबले नमुना गराउनको लागि सवै पक्षको समुचित बिकासमा ध्यान दिने र यसको लागि बालबालिकाहरुले रचनात्मक साथ र सहयोगको लागि अनुरोध समेत गर्नु भयो ।साथै वार्डलाई बालमैत्री र किशोरी मैत्री निर्माणमा पहल गर्ने समेत बताउनु भयो । बालबालिकाले अधिकार सगै कर्तव्य पालना गर्न समेत लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
तपाइँको प्रतिक्रिया