एमालेसँगको सहकार्य सकिएको उपेन्द्र यादवको घोषणा

१८ मङ्सिर, विराटनगर ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् ।
४ मंसिरको चुनावमा यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए । ४ मंसिरको चुनावका एमालेसँग जसपाले केही सिटमा तालमेल गरेको थियो । यादवले सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने बारे केहि निर्णय नभएको बताएका छन् ।
तपाइँको प्रतिक्रिया