देउराली सामुदायिक वन उपभोक्ता समूहको १४ औं साधाणसभा सम्पन्न

गैंडाकोट, १९ मंसिर
देउराली सामुदायिक वन उपभोक्ता समूहले १४ औं साधाणसभा सम्पन्न गरेको छ । समूहले सोमबार गैँडाकोट १२ स्थित संस्थाको कार्यालय परिसरमा डिभीजन वन कार्यलय नवलपुरका प्रमुख मोहनराज काफ्लेको प्रमुख आथित्यतामा साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथी काफ्लेले अहिले बनेको नयाँ वन ऐनले वन व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देउराली समुकायिक वनले पर्यटन प्रवद्र्धन मा राम्रो भूमिका खेलेको भन्दै प्रशंसा समेत गर्नु भयो । उहाँले सामुदायिक वनलाई सफल बनाउन समितिका पदाधिकारी मात्र नभएर उपभोक्ताहरुको उतिकै भूमिका रहने बताउनु भयो ।
उहाँले स्थानीय सरकारलाई लक्षित गर्दै प्राकृतिक स्रोतको संरक्षणमा स्थानीय तहलाई सामुदायिक वनहरु सँग सहकार्य गर्न आग्रह गर्नु भयो । उहाँले वन संरक्षण गर्नु मात्रै ठुलो कुरा नभएर दिगो वन व्यवस्थापनमा जोड दिन सामुदायिक वनहरू लाई आग्रह गर्नु भयो । देउराली सामुदायिक वन उपभोक्ता समूहले वनको संरक्षण र व्यवस्थापनमा अब्बल रहेको बताउँदै वनले हरियाली कायम राख्न सफल भएको बताउनुभयो ।
देउराली वन उपभोक्ता समूहका अध्यक्ष फौद बहादुर महत्तोले देउराली सामुदायिक वनकोविकासको हरेक गतिविधीमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभएको थियो ।
यस्तै निवृत कोषाध्यक्ष बाबुराम थनेतले आर्थिक वर्ष ०८९/८० को आय व्यय प्रगति प्रतिवेदन तथा प्रस्तावित बजेट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा स्थानीय बन् महासंघ गैंडाकोटका अध्यक्ष डिली राम सापकोटा, गैंडाकोट नगरपालिका वडा नं १२ का वडा अध्यक्ष चक्रपाणि कँडेल, भेडाबारी सामुदायिक वनका अध्यक्ष क्याप्टेन वीर बहादुर शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वनका अध्यक्ष फौद बहादुर महत्तोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्त्यव्य समूहकी सचिव दुर्गा केसीले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सोही वनको गरीब, विपन्न तथा अपाङ्ग समितिका संयोजक मनिलाल महत्तोले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया