धुसेरी सामुदायिक वनको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता, क–कसले दिए उम्मेदवारी ?

गैँडाकोट, १९ मंसिर
धुसेरी सामुदायिक वन उपभोक्ता समूह रजहरकोे नयाँ नेतृत्व चयनका लागि छलफल जारी छ । शुक्रबार सम्पन्न धुसेरी सामुदायिक वनको ३२ औं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति गठन गर्ने गरी प्रक्रिया अघि बढाएको थियो ।
समितिले सर्वसम्मत समिति चयनका लागि आइतबार उपभोक्ता सदस्यहरुलाई कार्यालय परिसरमा उपस्थीत गराएको थियो । सर्वसहमतिमा नेतृत्व चुन्ने प्रयास विफल भएपछि अब उम्मेदवारी दर्ता गराएर वनको नयाँ नेतृत्व चुन्ने प्रक्रिया सुरु गरेको छ ।
सोमबारदेखी सोही प्रयोजनको लागि उम्मेदवारी समेत दर्ता भइरहेको छ । जसको अध्यक्ष पदको लागि दुई जनाको उम्मेदवारी परेको छ । नारायण सिंह पंगेनी र देवु भक्ती वानियाले अध्यक्ष पदको लागी उम्मेदवारी दिनुभएको वनको कार्यलय सचिव चिन्तामणी चापागाँईले मुकुन्दसेन टेलिभिजनलाई जानकारी दिनुभयो ।
उपाध्यक्ष पदका लागि कमला अर्यालको उम्मेदवारी परेको छ भने सचिवका लागि नसिव नेपाल र भोज बहादुर भुजेलको उम्मेदवारी परेको छ । यस्तै सह सचिवको लागि शेषराज धिताल र कृष्ण बहादुर अधिकारीको उम्मेदवारी दर्ता भएको कार्यालय सचिव चापाँगाई जानकारी दिनुभयो ।
यसैगरी सदस्य पदका लागि भिम बहादुर परियार, इन्द्र बहादुर परियार, मेग प्रसाद पंगेनी, रामचन्द्र सापकोटा, जौमाया वाचे मगर र ममता वि.को उम्मेदवारी दर्ता भएको छ ।
मंगलबार बैठक बसी नयाँ नेतृत्व चयनको कार्यलाई अन्तिम रुप दिइने पनि कार्यालय सचिव चापागाँईले जानकारी दिनुभयो । गतवर्ष वनका अध्यक्ष वुद्धिप्रसाद पौडेलले राजिनामा दिएपछि उपाध्यक्ष रत्नप्रसाद सापकोटालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिईएको थियो । अध्यक्षले राजिनामा दिएको केही समयपछि सचिव, कोषाध्यक्ष र २ जना सदस्यले समेत राजिनामा दिएका थिए ।
तपाइँको प्रतिक्रिया