देउराली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुन महतो चयन

गैँडाकोट, १९ मंसिर ।
देउराली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट १२ को अध्यक्षमा पुन. फौजबहादुर महतो चयन हुनु भएको छ । समूहको उपाध्यक्षमा दुर्गा केसि, सचिवमा गिता थनेत कोषाध्यक्षमा जितकुमारी थनेत, सहसचिवमा छिर बहादुर आले चयन हुनु भएको छ । यस्तै
सदस्यहरुमा खड्क बहादुर थनेत, शान्ति घिमिरे, खेमकुमारी थनेत, डिल्लीराम महतो, केशर बहादुर सारु, तुलिमाया नेपाली, यम बहादुर रसाइली, तुल बहादुर सोमै, रिस्ता महतो चयन हुनुभएको अध्यक्ष महतोले मुकुन्दसेन टेलिभिजनलाई जानकारी दिनु भयो ।
वडा नं १२ का पुर्व वडाअध्यक्ष थीर बहादुर थनेत निर्वाचन मण्डलको संयोजकत्वमा रहेको ३ सदस्यीय निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो । जसको सदस्यमा वडा नं १२ का वडा सदस्य जिवराज महतो, भीमकुमारी चौधरी रहनु भएको थियो ।
तपाइँको प्रतिक्रिया