कावासोती १२ मा भोलि माटो परिक्षण कार्यक्रम हुँदै

ज्ञानु पंगेनी
कावासोती, २० मंसिर । कावासोती नगरपालिका वडा नं. १२ मा माटो परिक्षण कार्यक्रम हुने भएको छ ।
वडा कार्यालय परिसरमा बुधबार ( भोलि ) बिहान ११ बजेबाट माटो परिक्षण गर्ने कार्यक्रम सुरु हुने वडा अध्यक्ष दिपेश खनालले जानकारी दिनुभयो । माटो तथा मल परिक्षण प्रयोगशाला गण्डकी प्रदेशको आयोजना तथा वडा कार्यालयको समन्वयमा कार्यक्रम हुन लागेको हो ।
माटोमा पाइने तत्त्वहरू के कति मात्रामा छ ? यहाँको माटोमा कुन खेती गर्नु उपयुक्त हुन्छ ? भन्ने बारेमा जानकारी हासिल गर्न तथा माटोप्रतिको सचेतना वृद्धि गर्दै यहाँको समुदायलाई माटो स्वास्थ्य सुधार गर्न प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष खनालले बताउनुभयो । प्रशिक्षणपछि यहाँको माटोको अवस्था बारेमा विज्ञबाट आएको सुझाव अनुसार किसानसँग समन्वय गरेर वडाबाट आवश्यक योजना बनाउने खनालले जानकारी दिनुभयो ।
कावासोती १२ मा जग्गा भएका सबै किसानलाई मंगलबार ( आज ) दिउसो चार बजेभित्र माटो संकलन गरि वडा कार्यालय जम्मा गरेर नाम दर्ता गर्न समेत अध्यक्ष खनालले आग्रह गर्नुभएको छ ।
तपाइँको प्रतिक्रिया