प्रहरीले माग्यो अमेरिकी दूतावासबाट रवि लामिछानेको नागरिकता र पासपोर्टको विवरण

काठमाडौं, २० मंसिर ।
प्रहरीले काठमाडौंस्थित अमेरिकी दूतावासबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकता र राहदानीको विवरण माग गरेको छ।
लामिछानेको नागरिकता विवादबारे अनुसन्धान थालेको प्रहरीले लामिछानेले लिएको अमेरिकी नागरिकता र राहदानीबारे जानकारी माग गरिएको एसएसपी भरत बोहोराले जानकारी दिए।
लामिछानेको नागरिकता र राहदानीसम्बन्धी विवादलाई लिएर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यसअघि जिल्ला प्रहरी परिसरलाई पत्राचार गरेको थियो ।
तपाइँको प्रतिक्रिया