गैँडाकोटको मौलाकालिकामा चल्ने भयो केबलकार

गैँडाकोट, २० मंसिर।
गैंडाकोट नगरपालिका वडा नं १ मा रहेको मौलाकालिका मन्दिरमा आगामी फागुनभित्र केबलकार सञ्चालनमा आउने भएको छ । केबलकार निर्माणको काम अहिले अन्तिम चरणमा रहेकोले फागुनबाट सञ्चालनमा ल्याउने योजना निर्माण कम्पनीले बनाएको हो । प्रतिदिन ६ हजार यात्रु ओहोर दोहर गराउने गरि केबलकार निर्माण भैरहेको हो ।
केबलकार सञ्चालनका लागि वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । आईएमई समूहले केबलकार सञ्चालनमा ल्याउन लागेको हो । एउटा डब्बामा एक पटकमा ८ जना दर्शनार्थी बोकेर हरेक डब्बा ५ मिनेटमा मन्दिर पुग्ने कम्पनीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया