गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध फुकुवा

काठमाडौँ, २० मंसिर ।
सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । मंगलबारको मन्त्रिपरिषदको बैठकले फुकुवा गरेको हो ।
पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिनु भयो ।
विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख मध्यदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो ।
तपाइँको प्रतिक्रिया