चितवनका अटोमोबाइल्स व्यवसायीहरुद्वारा शान्तिपुर्ण धर्ना, समस्या समाधान नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी

चितवन, २२ मंसिर
अटोमोबाइल्स व्यवसायीहरुले चितवनमा विरोध तथा शान्तिपुर्ण धर्ना गरेका छन् । सरकार तथा राष्ट्र बैंकको नीतिका कारण समस्यामा परेको भन्दै अटोमोबाइल्स एसोसियसन र नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले विहीबार नारायणगढको लायन्सचोकमा शान्तिपुर्ण रुपमा विरोध प्रर्दशन गरेका हुन् ।
आन्दोलनमा व्यवसायीले शतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन व्यवस्था खारेजी, चालू पुँजी कर्जा मार्गदर्शन खारेज, मौद्रिक नीति परिमार्जन, ब्याजदर नियन्त्रण, कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समय देखि थला परेको अटोमोवाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा व्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका हुन् ।
चितवन अटोमोबाइल्स एसोसियसनका अध्यक्ष कृष्णप्रसाद भण्डारीले ठुलो मात्रामा राजस्व योगदान अटो मोबाइल्स क्षेत्रले दिए पनि सरकारले अटोमोबाइल्सलाई प्राथमिकता नदिएको बताउनुभयो । भण्डारीले अहिले बाध्यात्मक परिस्थिति आएको बताउँदै समस्या समाधान नभए चरणवद्ध आन्दोलन घोषणा गर्ने जानकारी दिनुभयो ।
प्रदर्शनमा सहभागी जनाउनुभएका उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले अर्थतन्त्रलाई दिगो बनाउन औद्योगिक लगानीमा वृद्धि गरी औद्योगिक उत्पादकत्व समेत वृद्धि गर्नुपर्ने अवस्थामा बढ्दो व्याजदर, नगद प्रवाहमा परेको असरका कारण उद्योगीहरुमा निराशा पैदा भएको भन्दै तत्काल समस्या समाधान गर्न राष्ट्र बैंकसंग माग गर्नुभयो ।
राष्ट्र बैंकले अटो क्षेत्रको कर्जामा जोखिम भारलाई १५० प्रतिशत पुर्याएको छ । व्यवसायीले भने पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन् ।
चितवन अटोमोबाइल्स एसोसियसनका द्धित्तिय उपाध्यक्ष राजेन्द्र भट्टराइले संयोजन गर्नुभएको उक्त प्रदर्शनमा चितवन अटोमोबाइल्स एसोसियसनको संस्थापक अध्यक्ष नीर कुमार पिया, नाडाको आमन्त्रित सदस्य तथा चितवन अटोमोवाइल्स एसोसियसनको निवर्तमान अध्यक्ष अमृत जोशी, नाडाको कार्य समिती सदस्य गोपाल भट्टराई, चितवन अटोमोबाइल्स एसोसियसन चितवनका पुर्व अध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवनको कार्य समिती सदस्य ज्ञानु प्रसाद न्यौपाने, उद्योग वाणिज्य संघ चितवनको वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, अटोमोबाइल्स एसोसियसनका पुर्व अध्यक्ष कृष्णप्रसाद काफ्ले, व्यवसायि सिता काफ्ले, कमला गौतम लगायत चितवनको अटोमोबाइल्स व्यवसायीहरुको उपस्थीती रहेको थियो । उपस्थिती रहेको थियो ।
प्रदर्शनमा व्यवसायिहरुले व्याजदर नियन्त्रण गर, सत प्रतिशत नगद मार्जिन व्यवस्था खारिज गर, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर, मौद्रीक नीति परिमार्जन गर लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।
तपाइँको प्रतिक्रिया