छोरी भेट्न गएकी महिलाको अस्पतालको तेस्रो तलाबाट खसेर मृत्यु

कास्की, २३ मंसिर ।
पोखरा–११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको हो । घर्ती मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न पोखरा–१८ सराङकोटकी पुगेकी थिईन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरी भेट्न गएकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् । उनको घटना स्थलमै मृत्यु भएको घटनास्थलमा खटिएका वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर किरण राउतले जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया