समानुपातिकतर्फ एमाले पहिलो भएको भन्दै ओलीले दिए धन्यवाद

२३ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई लोकप्रिय मत दिएकोमा नेपाली जनतालाई धन्यवाद दिनु भएको छ । नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको छ । मंसिर ४ मा भएको चुनावमा एमालेले प्रतिनिधि सभा समानुपतिकमा २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको छ । समानुपातिकमा दोस्रो धेरै मत ल्याएको नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मतमात्रै ल्याएको थियो।
कांग्रेसभन्दा धेरै मत ल्याएको एमालेले समानुपातिकतर्फ कांग्रेसभन्दा २ सिट धेरै जितेको छ। एमालेले समानुपातिकतर्फ प्रतिनिधि सभामा ३४ सिट जितेको हो। प्रत्यक्षतर्फ भने एमालेले ४४ सिट जितेको छ। प्रतिनिधि सभामा अब एमाले दोस्रो ठूलो दल भएको छ। एमालेका ७८ जना सांसद छन्।
तपाइँको प्रतिक्रिया